धनगढी : सुदुरपश्चिम क्षेत्रमा आज बिशु पर्व धुमधामका साथ मनाइँदैछ । वैशाख १ गते मनाइने विशु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन छ । यो पर्वको रमाइलो पक्ष देवरभाउजू, नन्दभाउजू र साली भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर शुभकामना आदानप्रदान गर्नु हो ।
बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । बिशुकै दिन कुलदेवताको पूजा गरी स्थानिय परिकार गतानी डुब्का पकाएर खाने चलन छ ।
हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । पर्वका अवसरमा आज राजधानीको प्रज्ञा प्रतिस्ठानमा पनि कार्यक्रमको आयोजना गरिएको छ ।