• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

बिकासको मुख्य बाधक भ्रष्टाचार हो : स्वतन्त्र उमेदवार खड्का

भ्रष्टाचार नियन्त्रणलाई मुल एजेण्डामा राख्दै अगाडी बढ्छु

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख २, २०७९
0
बिकासको मुख्य बाधक भ्रष्टाचार हो : स्वतन्त्र उमेदवार खड्का

धनगढी : आलिताल गाउँपालिका वार्ड नं १ का युवा नेता टेक खड्काले विकासको मुख्य बाधक भ्रष्टाचार भएको ठहर गरेका छन् । भ्रष्टाचारले बेरोजगारी पनि बढाउने उनको दाबि छ । विभिन्न समाजिक सञ्जालमा आलिताल गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिने भनि उनको ब्यापक चर्चा भए पछि आज शुक्रबार विहान उनको आधिकारिक धारणा लिन इ-नयाँ बिचार डटकमले टेलिफोन गरेको थियो । सो टेलिफोन संवादमा उक्त कुरा बताएका हुन् । पछील्लो समयमा देशभरका स्थानीय निकाय देखि माथिल्लो निकाय सम्म भ्रष्टाचार निकै ब्याप्त छ । भ्रष्टाचार र कमिसनले गर्दा विकासले गति लिन नसकेको उनि बताउछन् । त्यसैले उनि उनि आफ्नो राजनितिक जिवनमा भ्रष्टाचार नियन्त्रण मुख्य एजेण्डा रहेको बताउनुहुन्छ ।

देशभरका थुप्रै स्थानीय तहका स्वतन्त्र उमेदवार मध्ये एक हुन टेक खड्का । डडेल्धुराको आलिताल गाउँपालिकाका अध्यक्ष पदको दाबेदारीमा स्वतन्त्र उमेदवारी दिएका उनि यति बेला चुनावि प्रचार प्रसारमा बेस्त रहेको बताउछन् ।

स्कुल र कलेज पढ्दा देखि नै राजनितिमा चासो राख्ने उनि यतिबेला प्रत्यक्ष राजनितिमा होम्मिदैछन् । ५ बर्ष सम्म अमेरिकाका बसेका उनि त्यहाको बिकास र त्यहाको शुसासन देखेर पनि राजनितिमा आउन प्रभावित भएको उनि बताउछन् । उनि भन्छन् ” राजनितिक चेतनाले मात्रै समाज बन्दैन ! समाज परिवर्तनको लागि सकारात्मक सोच राख्ने र आफ्नो देशको लागि केहि गर्छु भन्नेहरु आफै राजनितिमा आउनु पर्नेमा जोड दिन्छन् ।

उनले भने “जस्तो अमेरिकालाई हेर्नुस् त्यहाको बिकास त्यहाको शुसासन सबै राजनीतिक दल र राजनीति गर्ने व्यक्तिहरुले नै परिवर्तन गरेका हुन । त्यसैले सहि तरिकाले इमान्दार, लगनशील र जनता प्रति उत्तरदायी भएर राजनिति गरे परिवर्तन निकै सम्भव रहेको उनि बताउछन् ।आफु आर्थिक पार्जनको लागि अमेरिकामा बसे पनि नेपाल र आफ्नो ठाउमा परिवर्तनको लागि के गर्न सकिन्छ भन्ने बारे लामो समय देखि नै नेपालका बुद्धिजिबी साथिहरु सँग छलफल गरिरहेको हुन्थें । ”

नेपालको राजनितीमा कुनै पनि व्यक्तिको इच्छा शक्ति इमान्दारिता, उसले गर्न सक्ने क्षमता हेरिदैन यहाँ उसले पार्टीलाई कति सहयोग गरेको छ पार्टीमा लागेको कति बर्ष भयो, पार्टीको लागि के गरेको छ । यि यावत कुरालाई हेरेर चुनाबमा उमेदवार बनाउछन् । कुनै व्यक्तिलाई अगाडी बढाउनु भन्दा पहिले उसको क्षमता दक्षता र इच्छा शक्ति इमान्दारिता हेरिनु पर्छ त्यसपछि मात्रै जनताले सहि नेता पाउने उनि बताउछन ।

राजनीतिक दल भनेको अमुर्त कुरा हो । राजनितिक दल आफैंमा नराम्रो होइनन् । राजनितिक दलहरुले जनताको लागि केहि नगरेका होइनन केहि त गरेकै हुन् । समय समयमा गरेका राजनीतिक परिवर्तन स्मरण नै छन् । नेपाली राजनीतिमा अहिले प्रमुख समस्या भनेको भ्रष्टाचार हो । भ्रष्टाचार लाई मात्रै कम गर्ने हो भने नेपालमा बिकासको मुल फुट्ने बताउछन् ।

मेरो अहिले आलिताल गाउँपालिकाको स्वतन्त्र उमेदवारी कुनै पनि राजनीतिक दल बिरुद्ध होइन । यहाँका राजनितिक दलहरुका उमेदवार जो असक्षम र बिना इच्छा शक्तिका छन , जो जनताको काम प्रति उत्तरदायी नभएर भ्रष्टाचारमा मात्रै ‌लिप्त छन हो उनिहरु बिरुद्ध जनताको पक्षमा उभ्भिएर वैकल्पिक उमेदवारी आफुले दिएको उनि बताउछन् ।

आफुले जनताका दैनिकी संग जोडिएका आधारभुत कुराहरु गुणस्तरीय र नि: शुल्क स्वास्थ्य र शिक्षाको आधार बनाउने, बिदेश जाने युवाहरुका लागि आफ्नै देशमा स्वरोजगारी को सृजना गर्ने, बिरामी हरुका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, गाउँपालिकाबाट प्नदान गरिने सम्पूर्ण किसिमका सिफारिस सेवा नि:शुल्क प्रदान गरिने व्यवस्था मिलाउन र अन्य यि र यस्तै थुप्रै जन आधारभुत कुराहरुलाई पुरा गर्न आलिताल गाउँपालिकाको अध्यक्ष पदमा आफ्नो स्वतन्त्र उमेदवारी रहेको खड्का बताउछन् ।
राजनितिक दलहरुले विभिन्न तानाबाना बुनेर चुनाव जित्ने तर चुनाब जिते पछि जनता माझ राखिएका एजेण्डा बिर्सिने गरेको उनि बताउछन् । यो स्थानिय चुनावमा कसै गलत प्रलोभनमा नपरि जुनसुकै पार्टीको उमेदवार भए पनि राम्रो र क्षमतावान उमेदवार लाइ मात्र मतदान गर्न समेत उनले आग्रह गरेका छन् ।

यो समाचार आलिताल गाउँपालिका अध्यक्ष पदका स्वतन्त्र उमेदवार टेक खड्कासंग टेलिफोन कुराकानीका आधारमा तयार पारिएको हो ।

सम्बन्धित Posts

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २६, २०८२
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चुनाव

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

जेष्ठ ८, २०७९
परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी
चुनाव

परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी

जेष्ठ ४, २०७९
आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित
चुनाव

आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित

जेष्ठ १, २०७९
आलिताल १ को अध्यक्षमा एमालेको अग्रसरता
चुनाव

आलिताल अपडेट : गुरुङलाई पछाडि पार्दै पार्की ३३ मतले अगाडी

जेष्ठ १, २०७९
चुनाव

ब्रेकिङ न्युज : आलितालमा कांग्रेसलाई पछार्दै माओवादीका पालिका उमेदवार ४८ मतले अगाडी

जेष्ठ १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग