काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका सचिवालय सदस्यद्धय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । अर्का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई लिएर बीहिबार ओली खुमलटार पुगेका हुन् ।
ओलिलाई नेकपाको १२ औं केन्द्रीय बैठकले दरबारमार्गमा रहेको होटल अन्नपूर्णबाट लिएको पाँच करोड रुपैयाँ पार्टीलाई बुझाउन चैत्र ३० गरेको अल्टीमेटम दीएको थियो । उक्त समयसिमा भित्र रकम बुझाउन नसके पछि रकम पचाउन भोलिपल्ट प्रचण्डलाई भेट्न उनि खुमलटार पुगेका हुन् ।
नेकपा भित्र आर्थिक हिनामिनाको आरोप लागेपछी पार्टी परित्याग गर्ने गरेको पाइन्छ । पार्टी छोड्दा छानबिन नहुने भए पछि धेरै नेता कार्यकर्ताले आफ्नो राजनितिक भविष्य दाउमा राख्दै पार्टी परित्याग गर्ने गरेकाछन् । अहिले उनिहरुले पनि त्यसको निरन्तरताका लागि छलफल चलाएको बुझिएको छ । तर नेकपाले यो पटक त्यसरी कोही पनि उम्कन नपाउने बताएको छ ।
प्रचण्डसँगको भेटमा पार्टी एकताका बिषयमा छलफल भएको थियो । ओलि र बास्तोलाले आफुहरु दुबै जनालाई पदाधिकारी बनाउन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले आफू एक्लै निर्णय गर्ने अवस्थामा नरहेकाले साथिहरु सँग छलफल गर्ने बताएको स्रोतको भनाई छ
प्रचण्ड निकट स्रोतका अनुसार ओलिले आफ्नो परिवारिक खर्च पनि ठुलो भएकाले यसको व्यवस्थापनका लागि सोच्नु पर्ने बताएका थिए । उनले आफ्नो परिवार ठुलो भएकाले यस बिषयमा सोच्न जोड गरेका थिए । जेठि श्रीमति, कान्छी श्रीमती , छोरी ज्वाँई र आफ्नो खर्चको व्यवस्थापन पार्टीले गर्दा आफु आन्दोलनमा केन्द्रित हुन सजिलो हुने उनको भनाई रहेको स्रोतको दाबि छ ।
नेकपाको कान्छि श्रिमति अम्बिका, छोरी ज्वाँई झनक सुवेदी र उनलाई न्युनतम तलब दिएर व्यवस्थापन गरेको छ । अम्बिका र झनक पार्टीको मुखपत्र रातो खबरका जागिरे हुन भने ओलि होलटाइमर हुन् । पार्टीले उनिहरुलाई महिनामा ८० देखि ९० हजार रुपैयाँ लगानि गरेको बुझिएको छ । प्रचण्डले व्यवस्थापनमा कुनै पनि समस्या नहुने भन्दै सकेसम्म नेकपाको ठुलो हिस्सा लिएर आउन भनेको प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यसका लागि केहि दिनमै गुट भेला गरे मोटामोटी फिगर तयार पार्न प्रचण्डले सुझाव दिएका छन् । प्रचण्डको निर्देशनमा उनिहरुले पनि तयारी थालेको बुझिएको छ । तर नेकपामा ओलि र बास्तोलाले भनेपछी जम्मा हुने नेता कार्यकर्ता संख्या न्युन छ ।
पाँच करोड पचाउनका लागि बार्गेनिङ हो । पार्टीले ल्याएको चुनावि कार्यसमिति मन परेन रे , चुनावमा जान हुन्न, क्रान्ति गर्नु पर्छ भन्ने । प्रचण्डको पार्टीमा गएर वार्ता गर्ने ? अनि विप्लव ले क्रान्ति नगर्ने प्रचण्डले क्रान्ति गर्ने होला त । मान्छेले यहिँबाट बुझ्नु पर्छ कसको नियत के हो भनेर ? , नेकपा उच्च स्रोतले भन्यो “अब त जानेनै भए भन्ने पारेर यताको छानबिन प्रभावित पार्न उनिहरुले बार्गेनिङ गरेका हुन् । यो पार्टी चन्दा उठाएर चल्ने पार्टी होइन भनेर देखाउन पनि उनिहरुलाई कारबाही हुन पर्छ , हुन्छ ।
ओलिले उनका सहयोगी केदार खतिवडा मार्फत पैसा ल्याएका थिए । उक्त पैसा पार्टीको केन्द्रीय आर्थिक बिभागमा नपुगे पछी नेकपाले सोधि खोजि गरेको थियो । केन्द्रीय समितिको बैठकमै यसबारेमा कुरा उठेपछी ओलिले आफ्ना सहयोगीले पैसा लिएको र अहिले उनि आफुसँग नभएको जवाफ दिएका थिए । खतिवडा केही समय अघि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी प्रवेश गरेका थिए ।
उता बास्तोलाले पनि विभिन्न कार्यक्रम गर्ने सेमिनार गर्ने अध्ययन अनुसन्धान गर्ने भन्दै चिनबाट पैसा ल्याएका थिए । उक्त पैसा कति थियो खुलाइएको छैन । उनले पनि त्यहि पैसा पचाउन ओलिको पछि लागेको नेकपा स्रोतको दाबी छ । पैसाको कुरा उठेपछी उनिहरुले नेकपाको कार्यनिति माथि प्रश्न उठाएका थिए ।
मोटीभेट न्युज डट कम बाट साभार