• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ जनाको मृत्यु

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख ३, २०७९
0
दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ जनाको मृत्यु

काठमाडौं एजेन्सी : दक्षिण अफ्रिकामा बाढीका कारण करिब ४०० व्यक्तिले ज्यान गुमाएपछि शुक्रबार राष्ट्रपति सिरिल रामफोसाद्वारा बाढी पीडितका नाममा प्रार्थना गर्न नागरिकलाई आग्रह गरेका छन् । चर्चको भाषणको क्रममा राष्ट्रपति रामाफोसाले दक्षिण अफ्रिकामा बाढीले ग्रस्त मानिसहरूका लागि प्रार्थना गर्न आह्वान गरेका हुन् ।

दक्षिणपूर्वी तटीय शहर डर्बान र वरपरका इलाकाहरूमा विपत्ति आएको पाँच दिनपछि पनि उद्धारकर्ताहरूले दर्जनौँको खोजी कार्य जारी राखेका छन् भने अहिलेसम्म ३९५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ ।

उनले भने, “हामी क्वाजुलु–नेटाल (प्रान्त) का हाम्रा नागरिकहरूको लागि प्रार्थना गरौं ताकि उद्धारकर्ताले उनीहरूलाई सकुशल उद्धार गर्न सकून् ।” उनले थपे, “यो बाढी हाम्रो देशमा हामीले पहिला कहिल्यै नदेखेको ठूलो अनुपातको विपत्ति हो, यति धेरै मानिसहरू मर्न सक्छन् ।”

रामफोसाले बाढी प्रभावित क्षेत्रमा पुगी केटाकेटीलगायत १० जना सदस्य गुमाएको परिवारका सदस्यलाई भेटी समवेदना प्रकट गरेका थिए । स्थानीय टेलिभिजन नेटवर्कमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा बोल्दै राष्ट्रपतिले उनीहरूलाई भने, “राष्ट्रपतिको हैसियतमा समेत मैले अनुभव गरेको सबैभन्दा दुःखको क्षण यही हो ।”

उनले भने, “पीडितहरुका नातेदार, आफन्तहरूले अनुभव गरेको पीडा र दुःख वर्षौंसम्म रहनेछ किनभने तिनीहरूमध्ये केहीले भर्खरै आफ्ना परिवारका सदस्यहरूलाई उद्धार गर्न असमर्थ भएको देख्दा पानीले बगाएको देखेका छन् ।”

दक्षिण अफ्रिकामा यो साता आएको बाढीले करिब ४१ हजार मानिसलाई प्रभावित बनाएको छ ।

एजेन्सी

सम्बन्धित Posts

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता
अन्तराष्ट्रिय

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

भदौ १८, २०८२
१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा
अन्तराष्ट्रिय

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

बैशाख १९, २०८२
भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो
अन्तराष्ट्रिय

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

बैशाख १९, २०८२
भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा
अन्तराष्ट्रिय

भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा

बैशाख १९, २०८२
जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु
अन्तराष्ट्रिय

जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु

बैशाख १०, २०८२
यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा
अन्तराष्ट्रिय

शारीरिक सम्बन्ध राख्न पत्नीले पैसा मागेपछि प्रहरीमा पुग्यो विवाद

चैत्र ८, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग