डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट पालिका उपाध्यक्षको लागी मञ्जु बोहरालाई अघि सार्ने सम्भावना तिव्र रहेको छ । माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य समेत रहेकी उनि सशस्त्र जनयुद्ध देखि नै राजनीतिमा सक्रिय छिन् ।
बोहराले पालिकाको उपाध्यक्ष पदमा आफ्नो दावि रहेको भनि पटक पटक पार्टीका बैठक र जनसभामा बताउँदै आइरहेकी छन् ।
उसो त उनलाई पार्टीको पनि पूर्ण समर्थन रहेको एक नेताले इ-नयाँ बिचार डटकमलाई बताए ।
वडा देखि पालिका सम्म उमेदवारको टुङ्गो लगाउन आज ११ बजे देखि नेकपा माओवादी केन्द्र आलितालको बैठक बस्दैछ ।
माओवादी केन्द्र बाट आलिताल गाउँपालिकाको उपाध्यक्ष पदका लागि मञ्जु बोहरालाई आजको बैठकबाट सर्बसम्मत उमेदवार बनाउने बैठकमा उपस्थित हुन पुगेका एक नेताले बताएका छन् ।
पालिका अध्यक्ष पदको उम्मेदवारीको बारेमा भने अहिले नै भन्न नसकिने उनले बताए ।