कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) को तेस्रो केन्द्रिय समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले सुदुरपश्चिमबाट ३ जना नेताहरुलाई केन्द्रिय सचिवालय सदस्यमा मनोनित गरेको हो ।
अखिल क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यहरुमा मनोनित हुनेमा शंकर खाति डडेल्धुरा, रमेश बिसि अछाम, सुबाश जोशि कैलाली जिल्लाबाट रहेको छन् ।