डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आलितालको उपाध्यक्ष पदका लागि उमेदवारको टुङ्गो लगाएको छ । शनिबार बसेको बैठकले यहि बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उपाध्यक्ष पदका लागि मैना कुमारी रावल बोहरा (मञ्जु) लाई सर्बसम्मत उमेदवार बनाउने निर्णय गरेको हो ।
पालिका अध्यक्ष पदको उम्मेदवारको टुंगो भने लागेको छैन । माओवादी केन्द्रले आलिताल गाउँपालिका अध्यक्ष पदको उमेदवारको लागि ३ जनाको नाम सिफारिस गरेको जनाइएको छ ।
सिफारिस हुनेमा लोकेश महरा, शेर सिंह पार्की र इन्द्र कठायत रहेको नेकपा माओवादी केन्द्रका एक नेताले इ – नयाँ बिचार डटकमलाई जानकारी दिनुभयो ।
वडाको नेतृत्वको लागि भने अहिले टुङ्गो नलागेको उनले बताए । वडामा अध्यक्ष पदका आकांक्षीहरु धेरै देखिएपछि उमेदवार मनोनयन टुङ्गो नलागेको बताए हुन् ।