डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आलितालले अध्यक्ष पदका लागि ३ जना आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।
आलिताल गाउँपालिका अध्यक्ष पदको उमेदवारको लागि सिफारिस हुनेमा लोकेश महरा, शेर सिंह पार्की र इन्द्र कठायत रहेको नेकपा माओवादी केन्द्रका एक नेताले इ-नयाँ बिचार डटकमलाई जानकारी दिनुभयो ।
उपाध्यक्ष पदका लागि भने उमेदवारको टुङ्गो लगाएको छ । शनिबार बसेको बैठकले यहि बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उपाध्यक्ष पदका लागि मैना कुमारी रावल बोहरा (मञ्जु) लाई सर्बसम्मत उमेदवार बनाउने निर्णय गरेको हो ।