धनगढी- सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगर तथा उपमहानगरको चुनावी तालमेल लगभग टुंग्याएको छ ।
गठबन्धनको सोमबारको बैठकले महानगर तथा उपमहानगरमा कुन दलका उम्मेदवार बन्ने भन्ने विषयमा सहमति नजिक पुगेको हो । हाल कांग्रेसलाई तीन महानगरसहित सात उपमहानगरमा मेयरको उम्मेदवार दिने तयारी भएको छ ।
यस्तै, भरतपुर महानगरको मेयर माओवादीलाई र उपमेयरसहित सबै २९ वडाका अध्यक्ष उम्मेदवार भने कांग्रेसको हुने गरी सहमतिको प्रयास भइरहेको हो ।
यसैगरी ड्राफ्टअनुसार धनगढीमा भने काँग्रेस र एकीकृत समाजवादीमध्ये एक पार्टीले सहमतिमा मेयर पाउने भएको छ। मेयर नपाउनेलाई उपमेयर दिने ड्राफ्ट तयार पारिएको छ ।