डडेल्धुरा : बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनका लागि डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा माओबादी केन्द्रले मेयर र उपमेयर पदका लागि सर्बसम्मत उम्मेदवार टुङ्गो लगाएको छ । आईतबार बसेको नगरकमिटीको पुर्ण बैठकले मेयर पदमा शेरसिंह माल (डायमण्ड) र उपमेयरमा बिमला महता सर्बसम्मती रुपमा चयन गरेको हो ।
आगामी परशुराम बासीको सर्वार्गीण बिकासका लागि माओवादी केन्द्रको नेत्तृत्वमा सरकार हुनुपर्ने नेता मालको भनाई छ । नेता मालमा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदावार भिम बहादुर साउँदसंग पराजीत भएका थिए । यस्तै नगरभित्रका १२ ओटै वडामा समेत केही दिनमै उमेद्वार टुङ्गो लगाई सक्ने माओवादी केन्द्रले जनाएको छ । गठबन्धन नहुने देखीएपछि माओवादी केन्द्रले एक्लै एक्लै उम्मेदवार घोषणा गर्ने थालेको छ । नेता माललाई एकृकित समाजवादीको साथ रहने विश्वास छ ।