डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ का निर्वाचित वडा सदस्य शेर बहादुर धामीले नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेकाछन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र वाट वडा सदस्यमा निर्वाचित धामीले नेपाली काँग्रेस पार्टीको शिद्वान्त मनपराई काँग्रेस प्रवेश गरेको उनले वताए ।
नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काँग्रेस परशुरामले आयोजना गरेको बिशाल जनसभामा धामीले काँगे्रस पार्टिमा प्रवेस गरेको काँग्रेस नगर सचिव खगेन्द्र वहादुर सिंहले गाउँघरन्युज लाई जानकारी दिए ।
धामीलाई काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँद र काँग्रेस परशुरामका सभापती भरत वडायर जोशीले पार्टीमा स्वागत गरेका हुन ।
धामी संगै परशुराम ३ सहित अन्य वडा वाट गरि ४५ जनाले काँग्रेसमा प्रवेश गरेको सचिव खगेन्द्र सिंहले जानकारी दिए ।
नेविसंघ परशुराम संयोजक अविरल डाङ्गीको अध्यक्षता तथा काँग्रेस डडेल्धुराका सभापती भिम बहादुर साउँदको प्रमुख आतिथ्यतामा नेपाल विद्यार्थी संघले ५३ औं स्थापना दिवस मनाईएको हो ।
परशुराम नगरपालिकाका १२ वटै वडाका वडा सभापती, क्रियाशिल सदस्य ,सुभेच्छुक संघ संगठनका प्रमुख तथा पदाधीकारीहरुको उपस्थितीमा दिवस मनाएको हो ।
नेपाल बिद्यार्थी संघ परशुरामको ५३ औं स्थापना दिवस समारोहलाई सम्वोधन गर्दै काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदले देश हाक्ने महत्वर्पुण जिम्मेवारी युवाको काधमा आएको र आशन्न बैसाख ३० गतेको स्थानीय तहको निर्वाचनमा काँग्रेस पार्टीलाई जिताउन नेबिसंघ, तरुण युवाहरुले एकजुट हुनु पर्ने वेला आएको साउँदले वताए ।