डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँ पालिकामा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कार्यालय स्थापना गरिएको हो। विहिवार उक्त कार्यालयको एक औपचारिक कार्यत्रमकाबीच उद्घाटना गरिएको हो ।
अजयमेरु गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाका १२ मतदान स्थल र १६ वटा मतदान केन्द्रलाई हेर्ने गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। पालिकाको सभाहलमा उक्त कार्यालय स्थापना गरिएको बिषेश सरकारी वकिलको कार्यालय काठमाडौंबाट खटि आएका निर्वाचन अधिकृत सिताराम अर्यालले बताए।
निर्वाचन अधिकृतसंगै सहायक निर्बाचन अधिकृतमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटा तोकिएका छन् । उनले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने बताएका छन् । यो संगै आज डडेल्धुरा जिल्ला भरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताइएको छ ।