डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्ट (बिकास) ले निर्वाचन आचारसंहिता लागु भए पछी आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्। उनले बा २ झ ३७८४ नम्बरको सतो प्लेटकाे महिन्द्रा स्कारपियो गाडी नगरपालिकालाई फिर्ता गरेका हुन्।
स्थानीय निर्वाचनका आचारसंहिता लागु भइसकेका छन । मैंले पनि गाउँ पालिकाको अध्यक्षमा फेरी उमेदवारी दिने तयारी गरेको छु । आफूले सरकारी सेवाको दुरुपयोग हुन नदिन पालिकाका प्रमुख प्रशाकीय अधिकृत गंगाराम सपकोटालाई गाडी बुझाएको उनले ई-नयाँ बिचार डटकमलाई बताएका छन् ।