डडेल्धुरा : परशुराम नगरपालिका वार्ड नं ६ को अध्यक्षमा खगेन्द्र सिंह ठकुरी पुनः दोहोरिने भएका छन् । नेपाली कांग्रेस परशुराम नगरपालिकाका सचिव तथा वडा नं ६ का वर्तमान अध्यक्ष समेत रहेका ठकुरी पुनः दोहोरिने वताएका हुन् ।
आज शुक्रबार इ-नयाँ बिचार डटकमसंग कुराकानी गर्दै उनले आफु नेपाली कांग्रेसबाट पुनः वडा अध्यक्षमा उमेदवारी दिने बताएका हु । उनले भने “अध्यक्ष पदमा मलाई सर्बसम्मत उमेदवार बनाउने निर्णय भएको छ ।
त्यस्तै परशुराम कै वार्ड नं १ को अध्यक्षमा किसन बिष्टको उमेदवारी सर्बसम्मत भएको उनले बताए ।
नगरपालिकाको मेयर लगाएत अन्य वडामा भने उमेदवारको टुङ्गो लाग्न बाँकी रहेको उनले बताए छन ।