धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट पुनः नृपबहादुर वडलाई उम्मेदवार बन्ने भएका छन् । शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको मेयरका लागि वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।
२०७४ सालको स्थानीयतहको निर्वाचनमा वड धनगढीको मेयरमा निर्वाचित भएका थिए ।
मेयरका अर्का आकांक्षी कृष्णबहादुर महरालाई भने आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको जनाएको छ ।
सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको थियो ।