डडेल्धुरा : नेपाली कांग्रेस आलितालले पालिकाको उमेदवारको टुङ्गो लगाएको छ । अध्यक्ष पदका लागि बल बहादुर गुरुङ र उपाध्यक्षको लागि जला कुमारी बिष्ट बोगटी लाई चुनाबि मैदानमा उतार्ने भएको छ ।
२०७४ को निर्वाचनमा गुरुङ र बोगटी लाई आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको जिम्मेवारीमा त्यहाँका जनताले मतदान गरि विजय गराएका थिए ।
जिल्लाले पालिका स्तरमै उमेदवार को टुंगो लगाउन भनि निर्देशन गरेको थियो तर पालिकामा छलफल पछि अर्का अध्यक्ष पदका दाबेदार धन बहादुर देउवाले पालिका अध्यक्षको पदका लागि आफ्नो अडान नछोडे पछी छलफलको लागि हिजो शनिबार जिल्ला बोलाइएको थियो । जिल्लामा भएको छलफल बाट प्राप्त सुचना अनुसार देउवा लाई आलिताल गाउँपालिका कै वडा नं ८ को अध्यक्ष पदको लागि पठाउने निर्णय गरेको बताइएको छ ।
वडा नं १ बाट गम्भीर बोहरा,३ बाट टेकराज पाण्डे,४ बाट चन्द्रदेव बोहरा, ६ बाट राम कुँवर, ७ बाट टेक बहादुर रोका र ८ बाट धन बहादुर देउवा को उमेदवारी मा टुङ्गो लगाएको पार्टी सभापति चन्द्र देब बोहराले बताएका छन् ।
अन्य वडाहरुमा भने उमेदवारको टुङ्गो नलागेको र छलफल भइरहेको उनले बताए छन ।