डडेल्धुरा : डडेल्धुराका ७ वटै पालिकामा एमाले र कर्ण मल्ल पक्षीय विपी काग्रेसबिच तालमेल गर्ने सहमती भएको छ । स्रोतका अुनसार जिल्लाका ७ वटै स्थानीय तह भागबण्डामा समेत सहमती भएको छ ।
जस अनुसार जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा विपी काग्रेसकाबाट हरिप्रशाद भट्ट मेयर, उप मेयरमा एमालेका यज्ञराज अवस्थी चुनाव लड्ने भएको छन् । आफुले जितेको अमरगढी एमालेले छोडेर परशुराम नगरपालिका लिएको छ । यर्हाँ नगरप्रमुख केशव बोहरा र उपप्रमुख एमालेकै उम्मेदवारलाई दिने सहमती भएको छ । भने आलिताल गाउँपालिका पनि एमालेलाई नै दिएको छ ।
यता अजयमेरु गाउँपालिका एमालेले अध्यक्ष पदम पाल र विपी काग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुगामा विपी काग्रेसबाट गोकुल शाही अध्यक्ष, तारा खाती उपाध्यक्ष लड्ने भएका छन् ।
भागेश्वर गाउँपालिका एमालेलाई नै दिएको छ भने गन्यापधुरामा विपी काग्रेसबाट सुरेन्द्र माली अध्यक्ष एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षका उम्मेदवार हुने भएको विपी काग्रेस निटक एक नेताले बताए ।