डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा आसन्न बैशाख ३० मा हुने निर्वाचनको लागि एक स्वतन्त्र सहित ५ दलका १५७ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।
नेपाली काङ्ग्रेसबाट पालिकाको अध्यक्षमा बल बहादुर गुरुङ र उपाध्यक्षमा जला कुमारी बिष्ट बोगटीले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट मिन बोगटी र शान्ति भट्ट, माओवादी केन्द्रबाट शेर सिंह पार्की र मैना कुमारी रावल बोहरा, एकीकृत समाजवादीबाट तुलाराम बोहरा र लक्ष्मी धामि, राप्रपाबाट जित बहादुर थापा र रेवति देबि थापा र स्वतन्त्रबाट पालिका अध्यक्षको लागि टेक खड्काको उमेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।
पालिकाको अध्यक्षमा ६ जना , उपाध्यक्षमा ५ जना र ८ वटै वडाबाट अध्यक्षमा ३३ जना , वडा सदस्यमा ५८ , महिला सदस्य २८ जना , दलित महिला सदस्यमा २७ गरि जम्मा १५७ जनाको उमेदवारी दर्ता भएको जनाइएको छ ।