डडेल्धुरा : डडेलधुरा आलिताल गाउँ पालिका वडा नं ५ मा वडा अध्यक्षको लागि तिन जना चुनावि मैदानमा उत्रिएका छन् । नेकपा एमालेबाट प्रकाश बोहरा , नेपाली कांग्रेस बाट चन्द्र बिष्ट , नेकपा माओवादी केन्द्र बाट डम्मर ढाट र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गगन रावतले निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी मनोनयन दर्ता गरेका छन् ।
यि मध्ये चन्द्र बिष्ट र गगन रावत राजनितिमा पहिलो पटक चुनाबी मैदानमा आएका छन । उहाहरु राजनितिमा नयाँ अनुहार भएकाले चुनावि प्रभाव बारे आकलन गर्न नसकिने स्थानीय बताउँछन् ।
२०७४ को स्थानिय निर्वाचनमा एमालेका प्रकाश बोहरा बिजयी भएका थिए । यस पटक पनि अध्यक्ष पदमा एक कार्यकाल बिताइ सकेका बोहरा एमालेबाट चुनाबी मैदानमा छन ।
वडाका बलिया उमेदवारमा प्रकाश बोहरा र डम्मर ढांटलाई लिन सकिने स्थानीय बताउँछन् । यस अघिको २०७४को चुनाव मा ढाट र बोहरा बिच प्रतिस्पर्धा भएको थियो