डडेल्धुरा : आलिताल गाउँपालिकाको वडा नम्वर ८ यति बेला चर्चामा छ । नेपाली काङ्ग्रेसबाट पालिकाको अध्यक्ष पदका दाबेदार धनबहादुर देउवाले पार्टीबाट टिकट नपाए पछि वडामा थन्किएका कारण पनि उक्त वडा तिर सबैको चासो वडेको हो । उनले हिजो सोमबार मात्रै निर्वाचन अधिकृतको कार्यालय आलितालमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
शिक्षण पेसाबाट राजनितिमा आएका देउवाले त्यहाँका जनता माझ एक समयमा निकै लोकप्रिय छवि बनाएको स्थानीय बताउँछन् ।
उता नेकपा एमालेबाट मजबुत मानिएका उमेदवार राम चन्द्र पुन पनि चुनावि मैदानाम छन् । जनजाति समुदायको बाहुल्यता भएको डोला गाउँ बाट उनि उमेदवार बनेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट राजनितिमा आफ्नो
छुट्टै छवि बनाएका गणेश कामी पनि चुनाबी बाजिमा छन् । उनको पनि वडा नम्बर ८ मा राम्रै प्रभाव रहेको स्थानिय बताउछन् ।
नेकपा एकीकृत समाजवादी पार्टी बाट पनि उत्तिकै बलियो मानिएका उमेदवार लाल बहादुर धामी उमेदवार छन ।
चुनाबी बाजि कस्को कोल्टो मा पर्छ त्यो भने बैशाख ३० लाई कुर्नु पर्ने हुन्छ ।