डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा राजेन्द्र लिंदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी बाट एक दम्पतिद्वारा अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते निर्वाचन आयोगले उमेदवारी दर्ताको लागि समय छुट्याएको थियो । उक्त दम्पतीद्वारा हिजो सोमबार उमेदवारी मनोनयन दर्ता गरिएको बताइएको छ ।
पालिकाको वार्ड नं ८ डोला बस्दै आएका जित बहादुर थापा मगरले अध्यक्ष र उनकी श्रीमती रेवति देबि थापा मगरले गाउँपालिकाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय आलितालले जनाएको छ ।