डडेल्धुरा : आलिताल गाउँपालिकाको वडा नं ३ मा रहको श्री आलिताल आधारभुत विद्यालय चनला, पड्यामका स्थायि शिक्षक तथा प्रध्यानाध्यापक समेत रहेका यादब बोगटी पनि कांग्रेस नेताहरुको समूह संगै घरदैलो कार्यक्रम सहभागि छन् । बोगटीकी श्रिमती जला कुमारी बिष्ट बोगटी नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्ष पदमा उमेदवार रहेकी छिन् । बोगटी यति बेला आफ्नी श्रीमतीको लागि भोट माग्दै जनताको घरदैलोमा पुगेका छन् ।
‘निर्वाचन आचारसंहिता–२०७८’को परिच्छेद ३ को बुदा ९ मा ‘ सामुदायिक विद्यालय वा नेपाल सरकारको वा प्रदेश सरकारको अनुदानमा सञ्चालित वा सोमा आवद्ध कर्मचारी प्रध्यापक र शिक्षकले कुनै राजनितिक दल तथा उमेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुने नपाउने व्यवस्था गरिएको छ। तर उक्त आचारसंहिताको खिल्लि उडाउँदै यादव बोगटी भने धुमधामका साथ आफ्नि श्रिमतिको लागि भोट माग्दै छन ।
उपाध्यक्ष पदकी उमेदवार रहेकी बोगटीको लागि उनका श्रीमानले यति बेला गाउँ गाउँमा छिरेर भोट माग्दै आएका छन् । शिक्षकहरुले निर्वाचन आचारसंहिता पालना गर्नु पर्ने मुख्य कुराहरुलाई पनि ध्यानमा नराखि बोगटी चुनावि प्रचार प्रसारमा उत्रिएका छन् । उनि नेपाली कांग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधि सदस्य समेत रहेको पाइएको छ ।
यसरी उनले सत्ता र शक्तिको आडमा राजनिती संगै प्रध्यानाध्यापकको जागिर समेत खाइरहेको खुलासा भएको हो ।
शिक्षा ऐन २०२८ आठौं संशोधन २०७३ को १६, ‘ङ’ मा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य बन्न नपाउने व्यवस्था छ । तर यस नियमलाई उल्लंघन गर्दै यादव बोगटी दशकौ देखि नेपाली काग्रेसको सक्रिय राजनितिमा छन् ।