डडेल्धुरा : विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र द्वन्द्व थालेको थियो ।सशस्त्र द्वन्दको बेला माओवादीको नेपालभरि बर्चस्व थियो । विशेष गरी ग्रामीण क्षेत्रमा। बलियो प्रभाव थियो । शुदुर पश्चिममा पनि बिषेश आधारक्षेत्र मानिने डडेल्धुराको भित्री मधेस क्षेत्र आलिताल र परशुराम (साविक जोगबुढा र शिर्ष गाविस) मा पनि माओवादीले जनयुद्धकालमा आफ्नो कब्जा जमाएको थियो ।
माओवादीले थालेको दश बर्षे जनयुद्धकालको कठोर संर्घषलाई छिचोल्दै आएका आलिताल गाउँपालिकाबाट स्थापित भएका नेता जगत पार्की र महेश कुमार महारा अहिले नेपाल सरकारको राष्ट्रिय सभा सदस्य समेत रहेका छन् । २०७४ सालको चुनावमा पार्की आलिताल गाउँपालिकाको अध्यक्ष पदका लागि चुनावि मैदानमा थिए । उनलाइ झिनो मतान्तरले पराजय गराउदै नेपाली काङ्ग्रेसका बल बहादुर गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपामाओवादी केन्द्रबाट अध्यक्ष उपाध्यक्ष,। वडाध्यक्ष र वडा सदस्यमा ४२ जनाको उमेदवारी दर्ता भएको छ ।
पालिका अध्यक्षमा शेर सिंह पार्की र उपाध्यक्षमा मैना कुमारी रावल बोहरा (मञ्जु) को उमेदवारी रहेको छ । वडा नम्बर १ को अध्यक्षमा सुरत बोहरा, २ को अध्यक्षमा रमेस थापा मगर, ३ को अध्यक्षमा बल बहादुर बुढा, ४ को अध्यक्षमा चन्द्र बहादुर जनाल, ५ को अध्यक्षमा डम्मर ढाट, ६ को अध्यक्षमा बिष्णु बिष्ट, ७ को अध्यक्षमा बिर बहादुर बोहरा र वडा नम्बर ८ को अध्यक्षमा गणेश कामीको उमेदवारी रहेको छ ।
अहिले संगठनात्मक हिसाबले आलितालमा माओवादी केन्द्र सबै भन्दा ठूलो पार्टी भएको स्थानिय बताउछन् । चुनावि नतिजा हेर्न भने बैशाख ३० लाई पर्खनु पर्ने हुन्छ ।