डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा वडा नं १ को ३०० र वडा नं ८ को २०० गरि जम्मा ५०० मत गणिदा सम्म पालिका अध्यक्षमा नेपाली कांग्रेस अगाडी रहेको छ । नेपाली कांग्रेस आलिताल गाउँपालिका अध्यक्ष पदका उमेदवार बल बहादुर गुरुङले २८ मतले अगाडि रहेका छन् । १९७ मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसबाट उपाध्यक्ष पदका उमेदवार जला कुमारी बिष्ट बोगटीले १९८ मत प्राप्त गरेर पहिलो स्थानमा रहेकी स्थानमा रहेकी छिन् ।
अहिले सम्म नेपाली कांग्रेसको प्रतिद्वन्दीमा नेकपा एमाले आलिताल गाउँपालिका अध्यक्ष पदका उमेदवार मिन बहादुर बोगटी रहेका छन् । उनले जम्मा काउन्ट भएको ५०० मत मध्ये १६९ मत प्राप्त गरेका छन् । एमालेबाट उपाध्यक्ष पदका उमेदवार शान्ति भट्टले १७९ मत प्राप्त गरि दोस्स्था स्थानमा रहेकी छिन् ।
यस्तै नेकपा माओवादी आलिताल गाउँपालिका अध्यक्ष पदका उमेदवार शेर सिंह पार्कीले ७० मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । उपाध्यक्ष पदका उमेदवार मञ्जु रावल बोहराले ८४ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकी छिन् ।
पालिका अध्यक्ष पदका स्वतन्त्र उमेदवार टेक खड्काले अहिले सम्म ३३ मत प्राप्त गरेका छन् ।