डडेल्धुरा : आलिताल गाउँपालिकाको वडा नं १ को अध्यक्षमा नेकपा एमालेका उमेदवार यज्ञ बहादुर देउवा ( योगेन्द्र) निर्बाचित भएका छन् । देउवाले ४५७ मत प्राप्त गर्दै ८० मतको अन्तरले विजयी भएका छन् । उनि संगै महिला सदस्यमा हिमा ओली ४२४ र दलित महिला सदस्यमा नारदा देबि कामी ३९२ मत प्राप्त गर्दै विजय भएका छन् । उनको प्यानलका खुला सदस्य प्रकाश थापा ३४८ र तुलाराम बोहरा ३६७ पराजित भएका छन् । खुला सदस्यमा नेपाली कांग्रेसबाट राम बहादुर बोगटी ३९६ र कृष्ण खड्का ३८० मत ल्याउदै बिजयी भएका छन् ।
नेपाली काङ्ग्रेसका गम्भिर सिंह बोहराले ३७७ मत प्राप्त गर्दै पराजित भएका छन् । नेकपा माओवादी केन्द्रका सुरत बोहराले ६५ मत प्राप्त गरेका छन् ।
वैशाख ३० को स्थानीय चुनाबमा उक्त वडाबाट १३६७ मत मध्ये ९५७ मत खसेको थियो । आज बिहान ३ बजेबाट शुरु भएको मतगणना भर्खरै सम्पन्न भएको हो ।