डडेल्धुरा : आलिताल गाउँ पालिकामा अहिले मध्ये राति सम्म ३२९७ मत गणना भएका छन् । प्राप्त मतानुसार नेपाली कांग्रेसका पालिका अध्यक्ष पदका उमेदवार बल बहादुर गुरुङले ११२३ मत लिदै अग्रसरता रहेको छ । उनि बिहान देखि नै अग्रतस मै रहेका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष पदका उमेदवार मिन बहादुर बोगटीले ८४२ मत प्राप्त गदै गुरुङ लाई पछ्याउँदै गएका छन ।
नेकपा माओवादी केन्द्र आलिताल गाउँपालिका अध्यक्ष पदका उमेदवार शेर सिंह पार्कीले ८१८ मतले तेस्रो स्थानमा रहेका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेस कै जला कुमारी बिष्ट बोगटील ११४७, नेकपा एमालेबाट शान्ति भट्ट ८८५ र नेकपा माओवादी केन्द्रबाट मैना कुमारी रावल बोहराको ८८७ मत प्राप्त गरेका छन् ।