डडेल्धुरा : आलिताल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको कडा टक्कर परेको छ । नेपाली काङ्ग्रेस आलिताल गाउँपालिका उपाध्यक्ष पदका उमेदवार जला कुमारी बिष्ट बोगटी लाई ४८ मतले पछार्दै नेकपा माओवादी केन्द्र आलिताल गाउँपालिका उपाध्यक्ष पदका उमेदवार मैना कुमारी रावल बोहरा अगाडी बढेको छिन । उनको गृह वडा ३ नं वडाको मत ले यो नतिजा ल्याएको हो । बोगटीले १४९४ मत प्राप्त गरेकी छिन् । भने रावलले १५४२ र बोगटीले १४९४ मत प्राप्त गरेका छन
यस्तै माओवादी केन्द्र बाट पालिका अध्यक्ष पदका उमेदवार शेर सिंह पार्कीले पनि नेपाली कांग्रेसकस पालिका अध्यक्ष पदका उमेदवार बल बहादुर गुरुङलाई ११ मतले पछ्याउँदै गएका छन् । हाल सम्म पालिका भर ४३३७ गणना भएको छ ।