डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका ३ को वडा अध्यक्ष बल बहादुर बुढा मगर बिजयी भएका छन् । उनले ६५३ मत ल्याउदै प्यानल सहित निर्वाचित भएका हुन् । उनि ३५१ मतान्तरले बिजयी भएका छन् ।
बुढा यस अघि पनि जननिर्वाचित जनप्रतिनिधि हुन् । उनले वडा नं ३ को सदस्य पदमा ५ बर्षे कार्यकाल पूरा गरिसकेका छन् । उनका प्रतिद्वन्दी टेक राज पाण्डेले ३०२ मत प्राप्त गरेका थिए । जम्मा मत १११३ खसेका थिए ।