डडेल्धुरा : डडेल्धुराकाे पर्शुराम नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका २८ वर्षीय भरत जाेशी निर्वाचित भएका छन् । उनि माओवादी केन्द्रका चर्चित नेता शेर सिंह माल डायमण्ड लाई पराजित गर्दै विजयी भएका हुन् ।
जाेशीले ५ हजार ९ सय ४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी माओवादी केन्द्रका शेरसिंह माल (डाइमण्ड)ले ५ हजार ८ सय ५ मत प्राप्त गरे । एमालेका केशव बाेहराले २ हजार ६ सय ६ मत प्राप्त गरेका छन ।
नगर उपप्रमुखमा भने माओवादीकी विमला महताले ५ हजार ८ सय ८५ मत प्राप्त गर्दै विजयी भएकी छन् उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ४ हजार ५९३ र एमालेका उम्मेदवारले ३ हजार २ सय ९६ मत प्राप्त गरिन् ।