डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका वडा नं ८ का अध्यक्ष धन बहादुर देउवाले शपथ ग्रहण तथा पदभार सम्हालेका छन् । पदभार ग्रहण गरे लगत्तै दुईवटा सिफारिसमा हस्ताक्षर समेत गरेका थिए ।
शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले उनि लगायतका सम्पूर्ण नवनिर्वाचित ८ वटै वडाका अध्यक्ष र वडासदस्यहरूलाई शपथ खुवाएका हुन्।