डडेल्धुराः नेपाली कांग्रेसका आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा आफ्नै वडामा पराजित भएका छन् । पराजित पछि उनको यतिबेला सर्वत्र आलोचना भइरहेको छ ।
३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उनी एमालेका उम्मेदवार कमलसिंह बोहरासँग हारेका छन्।
दोस्रो कार्यकालका लागि वडाध्यक्षमा दोहोरिन खोजेका चन्द्रदेवलाई आलिताल–४ का जनताले रुचाएनन्।
०७४ को निर्वाचनमा वडाध्यक्ष बनेका बोहराले यसपटक २ सय ३८ मत मात्र पाए। वडाध्यक्ष बनेका एमालेका कमलले ४ सय ५ मत ल्याएका थिए। उनि १६७ मतान्तरले पराजय भोगेका बोहरा यस अघि राम्रै मतले बिजयी भएका थिए । पालिका सभापति बोहराको वडाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बलबहादुर गरुङलाई पनि माओवादीभन्दा कम मत आयो ।
गरुङले वडा नं ४ बा २ सय ३ मत पाउँदा त्यसबाट अध्यक्षमा विजयी भएका शेरसिंह पार्कीले २ सय १५ मत ल्याएका थिए।
पालिका सभापतिकै वडाबाट कांग्रेसलाई कम मत आएपछि बोहराको आलोचना पनि भइरहेको छ।