डोटी : अछाम आउदै गरेको बस डोटी दुर्घटना भएको छ ।धनगढीबाट अछाम आउदै गरेको ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर डोटीको शिखर नगरपालिका १ गरेपानि दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।
बस सडकबाट सेती नदिको किनारमा खसेको छ। दुर्धटनामा १८ महिनाको १ बालक बेपत्ता भएका छन। थप बिवरण आउन बाँकी ।
यस्तै डोटीमा गुडीरहेको जीपमाथि रुख ढल्दा ३ जना घाइते भएका छन्। राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेनातर्फ गइरहेको सुपप्र ००१ ज १३२९ नम्बरको जीपमा रुख ढल्दा ३ जना घाइते भएका हुन्।
दुर्घटनामा २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायर घाइते भएको प्रदेश ट्राफि प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।