• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

खेत बारीमै पुगेर मतदातालाई धन्यवाद दिँदै अध्यक्ष पार्की

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ ७, २०७९
0

डडेल्धुरा : डडेल्धुराका सातवटै स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ।

नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालाई धन्यवाद दिनमा व्यस्त छन्।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत नेकपा माओवादी केन्द्रबाट आलिताल गाउँपालिका अध्यक्षमा निर्वाचित शेरसिंह पार्की पनि गाउँ–गाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन्।

अध्यक्ष पार्की किसानको खेत बारीमै पुगेर मतदातालाई धन्यवाद दिँदै छन्। अहिले यहाँका किसानलाई मकै छर्ने चटारो छ। त्यसैले अध्यक्ष पार्की खेत बारीमै पुगेर चुनाव जिताएकोमा मतदातालाई धन्यवाद दिइरहेका हुन्।

यसका साथै मतदाताहरूले विजयी जनप्रतिनिधिलाई अविर, माला लगायर आफ्नो गाउँमा स्वागतसमेत गरिरहेका छन्।

मतदाताले आफ्नो गाउँ–ठाउँको समस्या सामाधान गरिदिन नवनिर्वाचित अध्यक्ष पार्कीलाई आग्रह गरेका छन्। उनले आफूले चुनावका बेला गरेका सबै बाचाहरू पाँचवर्षे कार्यकालमा पूरा गरेर छाड्ने प्रतिबद्धता जनाएका छन्।

कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांग्रेसकै जलाकुमारी विष्ट बोगटीलाई पछि पार्दै माओवादीकै मैनाकुमारी रावल बोहरा उपाध्यक्षमा विजयी भएकी थिइन्। अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याएका थिए।

उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाएका थिए। पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराए। उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत पाउँदा कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याएकी थिइन्। ८ वडा रहेको आलितालमा माओवादी केन्द्र र एमाले समान ३–३ तथा कांग्रेस २ वडामा विजयी भएको थियो। डडेल्धुरा न्युजबाट

सम्बन्धित Posts

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने
Uncategorized

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने

पुस ८, २०८२
डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने
Uncategorized

डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने

पुस ८, २०८२
पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना
Uncategorized

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

फाल्गुन ५, २०८१
बाजुरामा बसको ठक्करबाट चार वर्षीया बालकको मृत्यु, चालक पक्राउ
Uncategorized

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु, गर्भवती आमा घाइते

फाल्गुन ४, २०८१
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
Uncategorized

डडेल्धुराको आलितालमा जनप्रतिनिधि बिच किचलो, ४ वडा अध्यक्ष सहित ८ जनाले निकाले विज्ञप्ती

फाल्गुन ४, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग