धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार नृपबहादुर ओडलाई उनले पराजित गरेका हुन् ।
उपमेयरमा एमालेकी नन्दकला राना निर्वाचित भएकी छिन् । निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।
प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर ओडलाई पराजित गरेका हुन् । हमालले ओड भन्दा १२ हजारभन्दा बढी मत पाएका छन् ।
उपप्रमुखमा भने एमाले उम्मेदवार नन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी की शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।