काठमाडौं : स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा अचेल शहरमा लौरोको निकै चर्चा छ । परन्तु देश लौरोमा पनि परनिर्भर रहेको विषय थोरैलाई मात्र जानकारी छ । विगत दशकमा मुलुकमा लौरोको आयात ठूलो परिणाममा भएको पाइएको छ ।
नेपालमा आयात हुने लौरोहरू चीन र भारतबाट बढी मात्रामा आउने गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा चीन, भारत, बेलायत, अस्ट्रेलिया र यूएईबाट ७३ लाख ११ हजार रुपैयाँ बराबरको लौरो आयात भएको छ ।
यो तथ्यांकले लौरो उत्पादन गर्ने उद्योगको सम्भावना रहेको स्पष्ट हुन्छ ।
यसका लागि आवश्यक नीतिगगत तथा प्रोत्साहनात्मक व्यवस्थजा हुन आवश्यक रहेको खबर आर्थिक अभियान दैनिकमा छ ।