• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ ८, २०७९
0
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

चितवन : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० को मतगणना जारी रहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुर १९ मा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए । भरतपुरमा २०७४ जेठ १४ गते राति मतपत्र च्यातिएको विषय अझै सेलाएको छैन ।

तत्कालीन अवस्थामा मतपत्र च्यातेको आरोपमा द्रोण सिवाकोटी र मधु न्यौपाने पक्राउ परेका थिए । पछि जिल्ला अदालतले उनीहरुलाई जनही १ लाख धरौटी रकममा रिहा गरेको थियो भने यही प्रकरणले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को पुनः मतदान भएको थियो ।

यो प्रकरण सर्वोच्चमा पुगेपछि अन्तिममा वडा नम्बर १९ मा पुनः मतदान गराउने फैसला भएको थियो भने त्यही अनुसार पुनः मतदान भएर रेनु दाहाल एमालेका देवी ज्ञवालीलाई हराउँदै मेयरमा विजयी भएकी थिइन् ।
अहिले सोही वडासहित वडा नम्बर २० को मतगणना जारी रहेको हो । वडा नम्बर १९ मा कुल ३८४६ मतदातामध्ये २८४७ मत खसेको छ ।

०७४ को निर्वाचनमा माओवादीले धाँधली गरेर चुनाव जितेको आरोप लागेपनि यसपटक दाहालको राम्रो मतान्तर रहेको छ । ५ वर्षको बिचमा उनले जनमत बढाएको मतपरिणामले देखाएको छ । हालसम्म भरतपुर महानगरपालिकामा ९२ हजार ७२८ मतगणना हुँदा रेनुले ७९०७ को मतान्तर बनाएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाहालले ३६ हजार ५३० मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ६२३ मत र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ११५ मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले भारी मतका साथ अग्रता बनाएका छन् ।

सम्बन्धित Posts

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २६, २०८२
परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी
चुनाव

परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी

जेष्ठ ४, २०७९
आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित
चुनाव

आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित

जेष्ठ १, २०७९
आलिताल १ को अध्यक्षमा एमालेको अग्रसरता
चुनाव

आलिताल अपडेट : गुरुङलाई पछाडि पार्दै पार्की ३३ मतले अगाडी

जेष्ठ १, २०७९
चुनाव

ब्रेकिङ न्युज : आलितालमा कांग्रेसलाई पछार्दै माओवादीका पालिका उमेदवार ४८ मतले अगाडी

जेष्ठ १, २०७९
नेपाली काङ्ग्रेसका युवा नेता मल्ल वडा अध्यक्षमा प्यानल सहित निर्वाचित
चुनाव

नेपाली काङ्ग्रेसका युवा नेता मल्ल वडा अध्यक्षमा प्यानल सहित निर्वाचित

जेष्ठ १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग