डडेल्धुरा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका डडेल्धुरा जिल्ला कमिटी सदस्य दान बहादुर थापा (ज्वाला) पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । यस अघि थापा विप्लवका जिल्ला पार्टी कार्यालय सचिव पनि रहेका उनि माओवादी प्रवेश गरेका हुन् ।
हिजो शनिबार आलिताल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शेर सिंह पार्की र उपाध्यक्ष मैना कुमारी रावल बोहरा सहित उपस्थित रहेको पालिकाको वडा नं २ कोहलपुर (कोल्तडा) मा आयोजित मतदाता भेटघाट, धन्यवाद तथा बधाई सभाको अवसर पारी उनि माओवादी केन्द्र प्रवेश गरेको नेकपा माओवादी केन्द्र आलितालका ईञ्चार्ज हरिलाल थापा ( आवश्यकता) ले बताएका छन् ।