डडेल्धुरा : आलिताल गाउँपालिकाको वडा नं ३ का अध्यक्ष बलबहादुर वुढा मगरले पदभार सम्हाल्दै आजबाट वडा कार्यालयको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन् । आज सोमबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् । उनि लगायत वडा सदस्यहरु मान बहादुर महरा, दान बहादुर धामी, सुनिता बोहरा (धामी), बेलु देबि पार्कीले पनि आजै पदभार ग्रहण गरेका छन् ।
आफुलाई जनताको सेवक बनाएर अघि बढ्ने उनले बताए । स्वास्थ्य, शिक्षा खानेपानीलाई बिषेश प्राथमिकतामा राख्दै काम गर्ने सुनाउनु भयो । वडामा रहेका अति बिपन्न परिवारका सदस्यलाई नि:शुल्क स्वास्थ्य सेवा र एम्बुलेन्स सेवा समेत वडाबाट उपलब्ध गराउने अध्यक्ष बलबहादुर वुढा मगरले बताएकाछन् ।