डडेलधुरा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा डडेल्धुरा द्वारा भौतिक कारवाही भोगेका नेकपा एमाले आलितालका नेता ज्ञानेन्द्र जोशी माथी स्पस्टिकरण माग्दै पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ । उनलाई २ वर्ष अगाडि विप्लव नेकपा ले भ्रष्टाचारको मुद्दामा भौतिक कारवाही गरेको थियो । हिजो एक पत्र पठाउदै एमाले डडेलधुराले जोशी लाई स्पष्टीकरण मागेको हो । पत्रमा भनिएको छ । स्थानिय तह निर्वाचनका बेला पार्टीको हित बिपरित कार्य र पार्टीको बिधानको धारा ८० उपधारा ६ अनुसार पार्टी अनुशासन बिपरित कार्य गरेको पाइएकोले तपाइलाइ कार्वाही गर्ने बताइएको छ ।
उचित कारण सहित ३ दिन भित्र चित्तबुझ्दो उत्तर नआए पार्टी सदस्य समेत नरहने गरि कार्बाही गरिने उल्लेख गरिएको छ। उता नेता ग्यानेद्रले भने आफुले पार्टीले भने जस्तो कुनै काम नगरेको र स्पष्टीकरण नै आबश्य नरहेको भन्दै आक्रोश पोखेका छन ।
बिज्ञप्ति












