डडेल्धुरा : भान्सा घरको छत भत्किँदा घाइते भएका डडेल्धुराकोे परशुराम नगरपालिका–७ पिपल मलासका प्रकाश धामी आर्थिक अभावले समस्यामा परेका छन् ।
वैशाख ३० गते भान्सा घर भत्कदा घाइते भएका उनी अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचाररत छन् । तर, परिवारको आर्थिक स्थिति कमजोर हुँदा उनी समस्यामा परेका छन् ।
अस्पतालका अनुसार १८ वर्षीय धामीको कम्मरको हड्डी भाँच्चिएको छ । उपचारका लागि अस्पतालले ठूलो रकम लाग्ने बताएपछि उनले आर्थिक सहयोगको लागि अपिल गरेका छन् ।
‘वैशाख ३० गते आफ्नै भान्सा घरको माटोको छत भत्कियो । छत भत्किँदा म पुरिए । जेनतेन ज्यान जोगिएको छ । अस्पताल भर्ना हुँदा कम्मरको हड्डी भाँचिएको रिपोर्ट आयो,’ प्रकाशले भने, ‘घरको आर्थिक स्थिति निकै कमजोर छ । उपचारका लागि पैसा नहुँदा समस्या भयो । कलिलै उमेरमा भोगेको यो पीडाबाट म मुक्त हुन चाहन्छु । मनकारी व्यक्तिले सहयोग गरे म फेरि पनि स्वस्थ हुने थिए ।’
प्रकाशका बुबा धरु धामीले पनि छोराको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । उनका अनुसार कसैले आफ्नो छोराको लागि आर्थिक सहयोग गर्न चाहेमा प्रकाशको मोबाइल नम्बर ९७४८८८७१७४ मा फोन गरेर थप बुझ्न सक्ने छन्।
साथै, भारतको बैंग्लोरमा समाजसेवी गंगलाल धामी ९१९९८०६५९४२१ र ९१८२९६७२०१७४ मा फोन गरेर पनि प्रकाशका लागि आर्थिक सहयोग गर्न सकिने धामीले बताए ।