डडेल्धुरा : धनगढीको नवजिवन अस्पताल प्रालिमा उपचारार्थ आलिताल ७ कोइरालेका लोकेन्द्र साउदको उपचारमा समाजसेवी टेक खड्का र उनकी धर्मपत्नि पुनम खड्काले संयुक्त रुपमा पाँच हजार रुपैयाँ सहयोग गरेकाछन् ।
आलिताल १ बन्ताल बस्ने खड्का दम्पति बिगत लामो समयदेखि समाजसेवामा आबद्ध रहेका छन् । यस अघि पनि विभिन्न समस्यामा परेका आर्थिक अभावका कारण उपचार नपाएकालाई खड्काले व्यक्तिगत सहयोग गर्दै आएका छन् ।
१ बर्ष पहिले १२ बर्षिया लोकेन्द्र साउद सवार सवारी दुर्घटनामा परी उनको खुट्टा र अण्डकोशमा गम्भीर चोट लागेको थियो । दुर्घटना पछी घाईते भएका साउदको खुट्टामा रड हालि अप्रेसन गरेको थियो । धनगढीको माया मेट्रो हस्पिटलमा एक पटक उपचार गराइसकेका उनिलाई ३ महिना पछी पुनः चेकजाँचको लागि आउन भनि अस्पतालले बताएको थियो । तर उनका परिवारको आर्थिक अवस्था निकै नाजुक भएका कारण उनले समयमै उपचार पाउन सकेनन् । जस्का कारण उनि अहिले थप समस्यामा परेका छन् ।
अहिले उनको धनगढी कै नवजिवन अस्पताल प्रालि मा उपचार भइरहेको छ । १ बर्ष पहिले खुट्टामा रड राखेर उपचार भएका उनको अहिले तेही रड निकल्न अप्रेसन गर्नु पर्ने भएको छ । साथै अण्डकोषमा गम्भीर चोटका कारण उनको स्वास्थ्यमा थप समस्या आएको हो । उनको अप्रेसनमा ४० देखि ५० हजार सम्म खर्च आउने अस्पतालले बताएको छ ।
लोकेन्द्रका वुवा रमेस साउदले पनि छोराको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । उनका अनुसार कसैले आफ्नो छोराको लागि आर्थिक सहयोग गर्न चाहेमा उनको मोबाइल नम्बर ९८६०६२९६६४ मा फोन गरेर थप बुझ्न सक्ने छन् ।
साथै, आलिताल गाउँपालिकाका शिक्षक तथा समाजसेवी इन्द्र बहादुर साउदको मोबाइल नम्बर ९८४०६१४३७२ र ई-नयाँ बिचार डटकमको कार्यालय ९८६५६५०२०० मा फोन गरेर लोकेन्द्रका लागि आर्थिक सहयोग गर्न सकिने छ ।