डडेल्धुरा : धनगढीको नवजिवन अस्पताल प्रालिमा उपचारार्थ आलिताल ७ कोइरालेका लोकेन्द्र साउदको उपचारमा समाजसेवी आलिताल ७ खिन्नेभाडीका देव बहादुर खड्काले दश हजार एकसय नगद सहयोग गरेका छन् । अहिले उनि कामको शिलशिलामा मलेसियामा रहेका छन् ।
१ बर्ष पहिले १२ बर्षिया लोकेन्द्र साउद सवार सवारी दुर्घटनामा परी उनको खुट्टा र अण्डकोशमा गम्भीर चोट लागेको थियो । दुर्घटना पछी घाईते भएका साउदको खुट्टामा रड हालि अप्रेसन गरेको थियो । धनगढीको माया मेट्रो हस्पिटलमा एक पटक उपचार गराइसकेका उनिलाई ३ महिना पछी पुनः चेकजाँचको लागि आउन भनि अस्पतालले बताएको थियो । तर उनका परिवारको आर्थिक अवस्था निकै नाजुक भएका कारण उनले समयमै उपचार पाउन सकेनन् । जस्का कारण उनि अहिले थप समस्यामा परेका छन् ।
अहिले उनको धनगढी कै नवजिवन अस्पताल प्रालि मा उपचार भइरहेको छ । १ बर्ष पहिले खुट्टामा रड राखेर उपचार भएका उनको अहिले तेही रड निकल्न अप्रेसन गर्नु पर्ने भएको छ । साथै अण्डकोषमा गम्भीर चोटका कारण उनको स्वास्थ्यमा थप समस्या आएको हो । उनको अप्रेसनमा ४० देखि ५० हजार सम्म खर्च आउने अस्पतालले बताएको छ ।