डडेल्धुरा : एक वर्ष पहिले सवारी दुर्घटनामा परि खुट्टामा अप्रेसन गरेर राखेको रड निकाल्न नसकेर धनगढीको नवजिवन अस्पताल प्रालिमा उपचारार्थ आलिताल गाउँपालिका वडा नं ७ का लोकेन्द्र साउदको उपचारको लागि एकाउन्न हजार एकसय छत्तीस रुपैयाँ आर्थिक संकलन भएको छ ।
उनको आर्थिक अभियानमा उनकै वडाका शिक्षक पेसामा आबद्ध इन्द्र साउदले बिषेश भुमिका निर्वाह गरेका थिए । आज हिजो दिउँसो देखि आज आइतबार १२ बजे सम्म आर्थिक संकलनको समय छुट्याइएको थियो । उक्त अवधिमा ५१,१३६।- (अक्षरुपी एकाउन्न हजार एकसय छत्तीस) नगद संकलन भएको समाजसेवी इन्द्र साउदले बताए छन ।
उनि भन्छन् – संकलन भएको रकम भोलि बिहान पिडितलाई आवश्यक रकम मात्र हस्तान्तरण गर्ने छौ र बाकी रहेको संकलित रकम अन्य आर्थिक अवस्था कमजोर भएका बिरामीलाई दिने बताएका छन् ।
उनका अनुसार पिडित लोकेन्द्र साउदको अप्रेसन भइसकेको र उनि समान्य अवस्थामा रहेको बताउछन् । लोकेन्द्र भोलि बिहान अस्पतालबाट डिस्चार्ज हुदैछन् ।
आर्थिक अभावका कारण उनले समयमै खुट्टामा राखेको रड समेत निकल्न नसकेका लोकेन्द्रले हिजो मात्रै आर्थिक सहयोगको अपिल गरेका थिए । उक्त आर्थिक अपिलको समचार ई-नयाँ बिचार डटकमबाट प्रकासित भएको थियो ।
आर्थिकदाताहरुको विवरण