१५ जेठ, काठमाडौं । नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।