डडेल्धुरा : जिल्लाको आलिताल गाउँपालिकामा आगलागी भएको छ । पालिकाको प्रसासनिक भवनको प्रसासन कक्षमा आगलागि भएको छ ।
आलिताल प्रहरी चौकिका ईन्चार्ज भिमराज भट्टका अनुसार “पालिकाको प्रसासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केहि कागजात समेत आगलागीका कारण जलेको बताएका छन् । उनले भने बाहिर राखिएको सुचना पार्टीमा समेत आगो लगेको छ । उक्त घटना बारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।
पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दान बहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागि भएको बताए । उनले भने पालिकामा आगलागी भएको छ । हामी परिवर यतै पालिकाको क्यान्टिनमै बस्छै हामिले आगलागेको थहा पाउने बित्तिकै निभाउन तिर लागेउ र थप क्षेति हुन बाट बचाएको उनले बताए । उनका उक्त आगलागी घटना संकास्पद भएको बताए छन् ।
आगलागीको कारण बारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।