डडेल्धुरा,जेष्ठ २१ : डडेल्धुराको आलितालमा मदिरा सेवन गरि एक पुरुषले आफ्नै भान्साघरमा आगजनि गरेका छन् ।
आलिताल ७ ओबा बस्ने देव बहादुर धामीले गय राति रक्सीको नशाले मातेका बेला आफ्नो घर नजिकै को भान्सा घरमा आगजनी गरेका हुन् ।
उक्त घटनाको त्रासले उनका परिवारका सदस्य आफ्नो घर छोडेर छिमेकीको घरमा बसेका थिए ।
अहिले धामिलाई आलिताल प्रहरीले नियन्त्रणमा लिईसकेको र आवश्यक अनुसन्धान पछी कारबाही हुने चौकीले जानकारी दिएको छ ।
यो पनी पढ्नुहोस्
आलिताल गाउँपालिकाको प्रसासनीक भवनमा संकास्पद आगलागी
डडेल्धुरा : जिल्लाको आलिताल गाउँपालिकामा आगलागी भएको छ । पालिकाको प्रसासनिक भवनको प्रसासन कक्षमा आगलागि भएको छ ।
आलिताल प्रहरी चौकिका ईन्चार्ज भिमराज भट्टका अनुसार “पालिकाको प्रसासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केहि कागजात समेत आगलागीका कारण जलेको बताएका छन् । उनले भने बाहिर राखिएको सुचना पार्टीमा समेत आगो लगेको छ । उक्त घटना बारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।
पालिका चौकिदार दान बहादुर मडैले शुक्रबार बिहान करिब ४ बजे तिर आगलागि भएको बताए । उनले भने पालिकामा आगलागी भएको छ । हामी परिवर यतै पालिकाको क्यान्टिनमै बस्छै हामिले आगलागेको थहा पाउने बित्तिकै निभाउन तिर लागेउ र थप क्षेति हुन बाट बचाएको उनले बताए । उक्त आगलागी घटना संकास्पद भएको बताए छन् ।
आगलागीको कारण बारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी संकास्पद भए पनि प्रहरीले भने हाल सम्म कुनै ठोस प्रमाण भेटाउन सकेको छैन ।