डडेल्धुरा,जेष्ठ२१ : डडेल्धुरा जिल्ला समन्वय उपप्रमुखमा आलितालकी अमृता कुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन् । जिसस प्रमुखमा अमरगढीका गगन सिं भण्डारी निर्वाचित भएका छन् ।
भण्डारी अमरगढी नगरपालिका ७ नं वडा सदस्यमा गत बैशाख ३० मा भएको निर्वाचनमा विजयी भएका थिए भने उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका ८ नं वडा सदस्यमा विजयी भएकी थिइन् ।
शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधि सम्म ९ पदमा ९ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
को हुन अमृता ?
३४ बर्ष अघि आलिताल ८ को डोला गाउँ स्थित विपन्न र जनजाति परिवारमा जन्मेकी थिइन् । उनको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण १२ सम्म को शिक्षा गाउँकै श्री दुर्गा माध्यमिक विद्यालयमा पुरा गरिन् । गाउँले जिवनमा हुर्किएकी उनले २०६५ सालमा सोही विद्यालयबाट एसएलसी र २०६७ सालमा इन्टर पास गरिन । उनि सानै देखि पढाईमा निकै अब्बल रहेको उनिसँगै पढाई गरेका साथिहरु बताउँछन् ।
त्यस पछि उनले पढाईलाई बिट मार्दै घरायसी कारणले २२ बर्षको उमेरमा विवाह बन्धनमा बाँधिनु पर्यो । घर परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण विबाह गरेको केही महिना मै उनका श्रीमानले बिदेशीनु पर्ने अवस्था आयो । श्रीमान रोजगारको लागि भारतमा गए । त्यस पछि उनि बाँकी शिक्षा अर्थात् स्नातक सम्मको अध्ययनका लागि कैलाली मल्टीपल क्याम्पसमा भर्ना भइन । २०७२ सालमा उनले स्नातक सम्मको अध्ययन पनि पुरा गरिन् । आफुलाई यहाँ सम्म पुर्याउन आफ्ना श्रीमानले परदेशमा बसेर निकै दुःख गरेको उनि सुनाउछीन् ।
उनका श्रीमान घर परिवार धान्नका निम्ति बिगत १ दशक देखि परदेश तिरै रहेको उनि बताउछीन ।
राजनितिमा पहिले देखि नै चासो भए पनि घरायसी कारणले आफु खुलेर राजनितिमा आउन नसकेकी उनि गत बैशाख ३० मा भएको स्थानीय तह निर्बाचनमा नेपाली कांग्रेस बाट आलिताल वडा नं ८ को सदस्य पदमा त्यहाँका जनताले महत्वपूर्ण बिश्वास गरि अमुल्य मतले वडा सदस्यमा विजयी गराएका थिए । वडा नं ८ का अध्यक्ष धन बहादुर देउवा संगै को प्यानलमा उनि पनि विजयी भएकी हुन् ।
अमृता नेपाल मगर संघ डडेल्धुरा जिल्लाको कोशाध्यक्ष पदमा रहि अहिले पनि काम गर्दै आएकी छिन् । आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म जनताको लागी काम गर्ने उनि बताउछिन ।
मगर समुदायको बाहुल्यता भएको उनि रहदै आएको डोला बासि स्थानीय पनि उनि जिल्ला सम्म को नेतृत्वमा पुगेकोमा निकै हर्षित भएका छन् । उनले समग्र आलिताल बासी र बिषेश गरि पिछडिएका जनजाति समुदायको हक हितका लागि काम गर्नेमा पनि स्थापित बिस्वस्त रहेको स्थानिय गणेश मगरको भनाई छ ।