• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुरा समन्वय उपप्रमुखमा आलितालकी अमृता निर्वाचित

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ २१, २०७९
0
डडेल्धुरा समन्वय उपप्रमुखमा आलितालकी अमृता निर्वाचित

डडेल्धुरा,जेष्ठ२१ : डडेल्धुरा जिल्ला समन्वय उपप्रमुखमा आलितालकी अमृता कुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन् । जिसस प्रमुखमा अमरगढीका गगन सिं भण्डारी निर्वाचित भएका छन् ।

भण्डारी अमरगढी नगरपालिका ७ नं वडा सदस्यमा गत बैशाख ३० मा भएको निर्वाचनमा विजयी भएका थिए भने उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका ८ नं वडा सदस्यमा विजयी भएकी थिइन् ।

शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधि सम्म ९ पदमा ९ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

को हुन अमृता ?

३४ बर्ष अघि आलिताल ८ को डोला गाउँ स्थित विपन्न र जनजाति परिवारमा जन्मेकी थिइन् । उनको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण १२ सम्म को शिक्षा गाउँकै श्री दुर्गा माध्यमिक विद्यालयमा पुरा गरिन् । गाउँले जिवनमा हुर्किएकी उनले २०६५ सालमा सोही विद्यालयबाट एसएलसी र २०६७ सालमा इन्टर पास गरिन । उनि सानै देखि पढाईमा निकै अब्बल रहेको उनिसँगै पढाई गरेका साथिहरु बताउँछन् ।

त्यस पछि उनले पढाईलाई बिट मार्दै घरायसी कारणले २२ बर्षको उमेरमा विवाह बन्धनमा बाँधिनु पर्यो । घर परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण विबाह गरेको केही महिना मै उनका श्रीमानले बिदेशीनु पर्ने अवस्था आयो । श्रीमान रोजगारको लागि भारतमा गए । त्यस पछि उनि बाँकी शिक्षा अर्थात् स्नातक सम्मको अध्ययनका लागि कैलाली मल्टीपल क्याम्पसमा भर्ना भइन । २०७२ सालमा उनले स्नातक सम्मको अध्ययन पनि पुरा गरिन् । आफुलाई यहाँ सम्म पुर्याउन आफ्ना श्रीमानले परदेशमा बसेर निकै दुःख गरेको उनि सुनाउछीन् ।
उनका श्रीमान घर परिवार धान्नका निम्ति बिगत १ दशक देखि परदेश तिरै रहेको उनि बताउछीन ।

राजनितिमा पहिले देखि नै चासो भए पनि घरायसी कारणले आफु खुलेर राजनितिमा आउन नसकेकी उनि गत बैशाख ३० मा भएको स्थानीय तह निर्बाचनमा नेपाली कांग्रेस बाट आलिताल वडा नं ८ को सदस्य पदमा त्यहाँका जनताले महत्वपूर्ण बिश्वास गरि अमुल्य मतले वडा सदस्यमा विजयी गराएका थिए । वडा नं ८ का अध्यक्ष धन बहादुर देउवा संगै को प्यानलमा उनि पनि विजयी भएकी हुन् ।

अमृता नेपाल मगर संघ डडेल्धुरा जिल्लाको कोशाध्यक्ष पदमा रहि अहिले पनि काम गर्दै आएकी छिन् । आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म जनताको लागी काम गर्ने उनि बताउछिन ।

मगर समुदायको बाहुल्यता भएको उनि रहदै आएको डोला बासि स्थानीय पनि उनि जिल्ला सम्म को नेतृत्वमा पुगेकोमा निकै हर्षित भएका छन् । उनले समग्र आलिताल बासी र बिषेश गरि पिछडिएका जनजाति समुदायको हक हितका लागि काम गर्नेमा पनि स्थापित बिस्वस्त रहेको स्थानिय गणेश मगरको भनाई छ ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग