डडेल्धुरा, जेष्ठ २७ : आलिताल गाउँपालिकाको प्रसासनीक भवनमा विद्युत सट भइ आगलागि भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता उमाकान्त कोशिका अनुसार आगलागीको अनुसन्धान हाम्रो प्रहरी टोली गएर गरिसकेको छ । पालिकाको प्रसासन फाट अगाडी रहेको विद्युत लाईन सट भइ आगलागि भएको उनले बताएका छन् ।
गत शुक्रबार जेठ २० गते आलिताल गाउँपालिकाको प्रसासनीक फाटमा आगलागि भएको थियो । उक्त आगलागी संकास्पद भएको भन्दै विभिन्न राजनीतिक दल र स्थानीय बासिहरुले प्रहरी समक्ष अनुसन्धानको माग राख्दै आएका थिए ।