डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा नेपाल प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रण गरि नष्ट गरेको छ ।
हिजो राती आलिताल प्रहरी चौकिबा खटिएको गस्ती टोलीले सुप.प्र ००१ ह ४४७३ नम्बरको रातो अटोमा जोगबुढा लगिदै गरेको ३५ लिटर अवैध घरेलु मदिरा स्याल्चौडी नजिकको खोलाबाट नियन्त्रण गरि नष्ट गरेको प्रहरीले जनाएको छ ।
जनप्रतिनिधि, व्यपारि र स्थानीय बासिहरुको रहोबरमा उक्त अबैध घरेलु मदिरा नष्ट गरेको आलिताल प्रहरी चौकिले जनाएको छ ।
पछिल्लो समय मदिरा सेवन का कारण घरेलु हिँसा लगाएतका घटनाहरु बढ्दै गएका छन् । उक्त घटनाहरुलाई न्युनिकरण गर्न प्रहरीले यस्ता अवैध घरेलू मदिरा नियन्त्रणमा निगरानी बढाएको छ ।