डडेल्धुरा,जेष्ठ २८ : बिगत ४ वर्ष देखि कैलालीको अत्तरियामा मोबाइल पसल सञ्चालन गर्दै आएका आलिताल ६ झरकाडा बस्ने समाजसेवी मान बहादुर ओलीले विद्यार्थीहरुलाई विभिन्न सहयोग गरेका छन् ।
आलिताल गाउँपालिका वडा नं ६ मा रहेको श्री सिद्धभगवति माध्यमिक विद्यालयका करिब २ दर्जन गरिब, अपाङ्गता, अभिभावक नभएका र जेहेन्दार विद्यार्थीलाई कापि, कलम र झोला सहयोग गरेका हुन् ।
यसै गरी आलिताल ६ कै श्री गणेश आधारभुत विद्यालय धिमडाका ३ जना बिद्यार्थी जस्मा दुई जना बुबा नभएका, एकजना आमा गुमाएका विद्यार्थीहरु अध्ययनमा सहयोग पुगोस् भनि छात्रवृत्ति प्रदान गरेको उनि बताउछन् ।
उनले भने आफु बाल्यकालमा पढ्न नसक्ने अवस्था थियो । आर्थिक अवस्था कमजोर भएका कारण घर नजिकैको श्री शंकर केदार आधारभुत विद्यालय झरकाडा बाट कक्षा ५ सम्मको अध्ययन गरेका हुन । ५ पास गरिसके पछि परिवारबाट पढाउन सक्ने अवस्था नभएपछि पर्सा जिल्लाको बिरगंज स्थित एक घरमा काम गर्दै उनले बाकी पढाइ सुरु गरेको सुनाउछन् ।
यसरी परिवारको आर्थिक अभावका कारण राम्रो संग अध्ययन समेत गर्न नपाएको तितो अनुभव बटुलेका उनि आउने दिनमा म जस्तै अन्य विद्यार्थीहरुलाई पढाइमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी, अपाङ्गता भएका, आमा बुवा गुमाएका बालबालिकाहरुलाई सहयोग गरिएको ओलीले बताए छन ।
आउदो ३० गते आलिताल ६ स्थित झरकाडामा रहेको शंकर केदार आधारभुत विद्यालयका बालबालिकालाई पनि सहयोग गरिने उनले बताए छन । उनले भने आलिताल ६ का सबै विद्यालयलाई यस्ता लक्षित विद्यार्थीहरुको बिबरण दिन भनेपनि अन्य विद्यालयबाट विवरण नआएको र आए पछि त्यहाका बालबालिकाहरुलाई पनि सहयोग गर्ने जनाएका छन् ।